मङ्सिर ६ पाँचथर । पाँचथरको फिदिम ८ की २३ वर्षीया नन्दकुमारी राईले गएको ३ गते ३६ वर्षीय पति सन्तोष राईले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिएकी छिन् ।
एक वर्षअगाडि जुवामा घरको सबै सम्पति हारेपछि असमझदारीता बढेको थियो । जुवा खेलमा हारेर अलैँची लगायत सबै सम्पत्ति हारेपछि जग्गा बेच्न खोज्दा पत्नीले नदिएपछि तलाई नमारी यो जग्गा बेच्न नपाउने भए भन्दै दिनहुँ जसो कुटपिट गर्ने गरेको पीडितले बताए । उनीहरूको एक ६ वर्षीया छोरी र ३ वर्षीय छोरा रहेको छ ।
दिनहुँ जसो जग्गा बेच्ने निहुँ निकालेर कुटपिट हुने, महिनामा पाँच पटक भन्दा बढि समाज बस्नु पर्ने यस्तो अवस्था समेत सहँदै आएता पनि यो पटक भने कुटपिट गरेर मेची राजमार्गको नालीमा फालेपछि न्यायका लागि प्रहरीमा निवेदन दिन आएकी पीडितले बताइन् ।
कुटपिटका कारण अनुहार तथा शरिरको अन्य विभिन्न भागमा निलडाम रहेको छ । पीडितको हाल पाँचथर हस्पिटलमा उपचार भैरहेको छ ।आरोपित राई फरार रहेकाले खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर गीतनारायण चौधरीले बताए ।