मङ्सिर ५ इलाम। इलामको सिद्धिथुम्का गाउँ विकास समितिमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र अस्तव्यस्त बन्दै गएको छ । गाविसको आठ लाख र दुई लाख रूपैंयाभन्दा बढी स्थानीय जनसहभागिता गरी कुल १० लाख रुपैँयाको लागतमा दुई वर्षअघि स्थापना गरिएको सो केन्द्र पछिल्लो समयमा अस्तव्यस्त बन्दै गएको हो।
गाविसको वडा नम्बर ३ मा रहेको सो केन्द्रमा अहिलेसम्म व्यवस्थित ढङ्गले पर्यटन तथा जातीय सांस्कृतिक जानकारी दिने सुचनाहरु राख्न नसकिएकाले अस्तव्यस्त बन्दै गएको स्थानीय भीमराज राईले बताउनुभयो ।
यसका साथै भवन अपायक ठाउँमा बनाईएकाले पनि समस्या आउको स्थानीय बासीको भनाई छ ।
