मंसिर १५ काठमाण्डौ।
आज डिसेम्बर १ आर्थत २४औं विश्व एड्स दिवस नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ । यो वर्षको विश्व एड्स दिवसको नारा एचआईभीको नयाँ संक्रमण भेदभाव तथा एड्सका कारणले हुने मृत्युलाई शून्यमा पुर् याउँ भन्ने तय गरिएको छ । एचआईभी र एड्स संक्रमितो संख्या नबढाउन संक्रमितलाई समाजमा भेदभावरहित बनाइनुका साथै एचआईभीका कारण हुने मृत्युलाई शुन्यमा झार्न यो वर्षदेखि सन् २०१५ सम्मको लागि यो नारा तय गरिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
सन् २०१० सम्मको तथ्याङ् अनुसार विश्वभरमा करिब ३ करोड ४० लाख मानिस एचआईभी संक्रमित भएको अनुमान गरिएको छ भने सन् २०१० को समावधिमा १८ लाख मानिसको एचआईभीको कारण मृत्यु भएको छ । नेपालमा पहिलो पटक सन् १९८८ मा एचआईभी संक्रमित भएका विरामी भेटिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १८ हजार ३ सय ९६ मा एचआईभी पोजेटिभ देखिएको छ । नेपालमा प्रत्येक दिन ६ जना एचआईभी संक्रमित हुने गरेको जानकारी दिदै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले संक्रमित हुने दर घट्दै गएको दावी पनि गरेको छ ।
