साफ च्याम्पियनसिपको फाइनलमा भारत



मङ्सिर २३ नयाँ दिल्ली ।  माल्दिभ्सलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै भारत नयाँ दिल्लीमा भइरहेको साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। भारतका लागि सुनील क्षेत्रीले दुई गोल र सइद रहिमले एक गोल गरेका थिए। अर्को सेमिफाइनल अहिले नेपाल र अफगानिस्तानबीच भइरहेको छ।

पहिलो सेमिफाइनलको २३ औँ मिनेटमा सइद रहिमको गोलले भारतले अग्रता कायम गरेको थियो। ५९ औँ मिनेटमा माल्दिभ्सका शामभिल कासिमले गोल फर्काइ बराबरी गरे पनि पेनाल्टीमा सुनील क्षेत्रीले त्यसको १० मिनेटमै गोल गरी भारतलाई फेरि अग्रता दिलाए। खेल इन्जुरी टाइममा छँदा सुनील क्षेत्रीले फेरि एक गोल थपेपछि भारतको जित सुनिश्चित भयो।

Leave a Reply