इलामको इभाङ्गमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको लागि चार लाख रूपैंया मुल्य पर्ने जग्गा दान




मङ्सिर २३ इलाम । इलामको इभाङ्ग-३ मा निर्माण हुन लागेको इभाङ्ग स्वास्थ्य चौकीलाई आफन्तको नाममा दुई घरपरिवारबाट करिब चार लाख रूपैंया मुल्य पर्ने चार आना जग्गा निःशुल्क उपलब्ध भएको छ ।

इभाङ्ग २ का पूर्व प्रधानपञ्च समेत रहेका समाजसेवी स्वर्गीय हर्कध्वज लिम्बूको नाममा उनका छोरीहरु धनकुमारी लिम्बू, चित्रमाया याख्या र राममाया राई तथा छोराहरु टेकबहादुर लिम्बू, रमेश लिम्बू र गणेश लिम्बूले संयुक्त रुपमा करिब तीन लाख रूपैंया मुल्य बराबरको तीन आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।


त्यसैगरी आफ्ना स्वर्गीय पिता खगेन्द्र राज खनालको नाममा इभाङ्ग¬-३ का खनाल परिवारबाट स्वास्थ्य चौकीको भवन निर्माणका लागि एक लाख रूपैंया पर्ने एक आना जग्गा उपलब्ध भएको स्वास्थ्य चौकीका इन्चार्ज ठाकुर प्रसाद याख्याले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सहयोगार्थ सो परिमाणको जग्गा निःशुल्क उपलब्ध गराएको जग्गादाताहरुको भनाई रहेको छ ।

Leave a Reply