इलामको चुरिया क्षेत्रमा काठ तस्करी मौलाउदै



मङ्सिर २२ इलाम  । इलामको चुरिया क्षेत्रबाट झापातिर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल पाथिभरा गणले विभिन्न स्थानबाट ९ साईकलसहित चिरानी काठ बरामद गरेको छ ।

बुधवार विहान चुरिया क्षेत्रको सामुदायिक वनबाट मंगलबारे र दमकको पाथिभरा आँखा अस्पतालको बाटो भएर ल्याउँदै गरेको अवस्थामा ४ साईकल सहित १२ थान फेन्टा बरामद गरेको पाथिभरा गणका डिएसपी राजेश उप्रेतीले बताए।

दुई दिनअघि मात्रै पनि झापाको दमक ५ स्थित बेलडाँगी शरणार्थी शिविर छेऊबाट ५ साइकल सहित १७ थान चिरानी काठ बरामद गरेको पाथिभरा गणले जानकारी दिएको छ । 

Leave a Reply