माओवादीप्रति मोर्चाको तिब्र असन्तुष्ठि, समर्थन फिर्ता लिने सम्मको चेतावनी



मङ्सिर २६ काठमाडौ । सत्ता साझेदार संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले माओवादीको कार्यशैली प्रति गंभिर असन्तुष्टि प्रकट गर्दै समर्थन फिर्ता सम्मको चेतावनी दिएको छ । 

माओवादी र मोर्चाका शिर्ष नेताहरुको आज बसेको बैठकमा मोर्चाका नेताहरुले सरकार निर्माण भएको १ सय दिन पुगेपनि सत्तारुढ दलहरुको संयूक्त बैठक एक पटक पनि बस्न नसकेको भन्दै माओवादीले अन्य सत्तारुढ दलहरुको उपेक्षा गरेको आरोप लगाएका थिए । मोर्चाका नेताहरुले सरकारको काम प्रभावकारी हुन नसकेको दावी पनि गरेका थिए । 

बैठकमा फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले त सरकारले राम्ररी काम नै गर्न नसकेको भन्दै त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनु पर्ने माग गरेका थिए । उनले यस्तै उपेक्षा गरेर आफूखुसी चल्ने हो भने मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको अप्रिय निर्णय लिन सक्ने चेतावनी नै दिएका थिए । 

बैठकमा चार बुँदे अनुसार गठन भएको सरकारले चार बुँदेको उपेक्षा गर्दै हिडेको आरोप लगाउँदै सेनामा मधेसी यूवाहरुको सामूहिक प्रवेश सम्बन्धमा प्रक्रिया अगाडि बढाउन नसकेको र मोर्चालाई काग्रेस र एमालेका कुरामा सहि छाप मात्र गर्ने गरी साक्षी किनारा मात्र बनाएको गुनासो गरेका थिए । 

Leave a Reply