४२ बर्ष देखि पेट्रोल पिएर जीवन यापन गर्दै एक वृद्द




विश्वमा रहेका मान्छेका स्वभाब र रुचीहरु पनि फरक फरक हुन्छन। चिनका चेन देजुन नाम गरेका  एक ७१ बर्षीय वृद्द ४२ बर्ष देखि पेट्रोल पिउदै आइरहेका छन् । जसले उनलाई आरामको महसुस दिलाउदै आइरहेको छ ।

उनका एक छिमेकीका अनुसार देजुनले प्रति महिना करिब ४ लिटर पेट्रोल औषधिको रुपमा सेवन गर्दछन। चेन ढुंगाबाट मुर्ति कुद्ने र बासका समानहरु बनाउने प्रखर स्थानीय ब्यबसायीका रुपमा चिनिन्छन। मैले आजसम्म कति पेट्रोल पिए मलाई यकिन थाहा भएन चेनको भनाइ छ  ।

चेनकी   श्रीमती भन्छिन 'हामीले धेरै प्रयास गर्यौ पेट्रोल पिउने उनको बानी हटाउनलाई तर सकेनौ । छोराहरुले पनि सकेनन अहिले उनि हामीले गाली गर्छौ भनेर अहिले छुट्टै टहरोमा बसेका छन् ।'

४२ बर्ष देखि पेट्रोल पिई रहेता पनि उनको स्वस्थमा कुनै असर परेको छैन।  होंगालु अस्पतालले  उनको स्वास्थ्य सामान्य रहेको बताएको छ  । श्रोत : साहारा संसार डट कम

Leave a Reply