भद्रपुर, १९ पुस । संविधानको अधिकार सुनिश्चित हुनुपर्नेलगायतका माग राखी पूर्वी थारुवान कोच मोर्चाद्वारा आह्वान गरिएको बन्दको प्रभाव आज बिहानदेखि झापामा पनि देखापरेको छ ।
बन्दको कारणले बिहानदेखि लामो तथा छोटो दूरीको यातायात सेवा प्रायः ठप्प रहेको छ । जिल्ला ट्राफिक कार्यालय विर्तामोडको अनुसार फाटफूट रूपमा बिहान गाडी चलेको बताएको छ ।
थारुवान र कोच राज्य हुनुपर्ने उक्त मोर्चाले माग राखी आज पूर्वी क्षेत्र बन्द गराएको हो ।
बहिर्गमनमा परेका माओवादीका पूर्व लडाकूहरुले सोमबार बन्द गराएकाले लगातार दुई दिन बन्द भएपछि यात्रुहरु अलपत्र अवस्थामा परेका छन् ।