पुस २६ संखुवासभा। भिक्षुणीलाई सामूहिक बलात्कार गर्ने चार जनालाई संखुवासभा जिल्ला अदालतले १२/१२ वर्ष कैदको सजाय सुनाएको छ ।
न्यायाधीश शालिग्राम कोइरालाको बन्द इजलासले उनीहरुलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । सामूहिक रुपमा बलात्कार गर्ने मध्ये राजकुमार लिम्बु, भुवन कोरङगी, सोभित मगर र अभिषेख मगरलाई १२/१२ बर्षको सजायँ सुनाईएको छ ।
द्रोणबहादर राईलाई भने ६ बर्ष कैदको सजाय सुनाईएको छ । सुनसरीको धरानवाट संखुवासभाको सदरमुकाम खाँदबारी जाने क्रममा गएको असार १० गते राती यात्रुवाहक बसका चालक, सहचालक र सहयोगी सहित ५ जनाले भोजपुर खाटम्माका भिक्षुणीलाई संखुवासभाको खराङ गाविसमा पर्ने सभाखोला किनारमा बसभित्रै बलात्कार गरेका थिए ।