सरकार बन्दैछ बेकार प्रधानमन्त्री बाबुराम हुदैछन् बदनाम
काठमाडौ । डा बाबुराम भट्टराईले सरकारको नेतृत्व गर्न पाए भने देशको कायापलट हुनेछ भनी विश्वास गर्ने आमनेपाली जनता अहिले निराशबनेका छन् । डा. बाबुराम भट्टराईले अर्थमन्त्री हुादा गरेका काम र ल्याएका योजनाको उच्च मूल्यांकन गरेरै नेपाली जनताले उनले अब मुलुक हाक्न पाए भने तमाम दुःख, कष्ट निवारण हुनेछ भन्ने जुन विश्वास गरेका थिए, अहिले त्यो सबै झूठा सावित भएको छ ।
सबै राजनीतिक दल रआमनेपाली जनताले हेर्न चाहेको डा. बाबुराम भट्टराईको नेतृत्वको सरकार अहिले आएर यति निकम्मा भएको छ कि आमनेपाली जनता र सबैराजनीनिक दल उनको कार्यशैली देखेर वाक्कदिक्क बनेका छन् ।
डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व सम्हाल्ना साथ दिएको अभिव्यक्तिले नेपाली जनतालाई आशाका किरण देखाएको थियो ।
डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व सम्हाल्ना साथ दिएको अभिव्यक्तिले नेपाली जनतालाई आशाका किरण देखाएको थियो ।
४५ दिनभित्रशान्ति र संविधानको निम्ति ठोस कार्य गर्ने, नसके पद ओगटेर नबसी मार्ग प्रशस्त गरिदिने महान् अभिव्यक्ति दिने भट्टराईले अब आफू विदेशमाबनेको महागो गाडी नचढी नेपालमै बनेको मुस्ताङ म्याक्स चढ्ने घोषणा गरेर नेपाली जनतामा अब देशमा अवश्य केही राम्रै हुन्छ भन्ने आशाकोदियो जलाएका थिए । प्रधानमन्त्री भट्टराईले जब तत्काल राहतको लागि भन्दै पराहत प्याकेज सार्वजनिक गरे तब उनको कुटिल चाल देखेर सबैठूला राजनीतिक दल र आमनेपाली जनता झस्कन पुगे ।
उनले राहतको प्याकेजमा जनताका दैनिकी समस्याका समाधान गर्ने नाममा १० हजारमधेसी युवालाई सामूहिक रूपमा सेनामा भर्ना गर्ने, नेपाली नागरिकता अन्धाधुन्दा तरिकाले वितरण गर्ने, मन्द विषय मिलाएर ल्याए । उनका यसक्रियाकलापबाट शंका मानेका जनताले त्यसपछि एकपछि अर्को गर्दै देश र जनघाती योजना र कार्यक्रमहरू देख्न र सुन्न पर्यो ।
उनले राहतको प्याकेजमा जनताका दैनिकी समस्याका समाधान गर्ने नाममा १० हजारमधेसी युवालाई सामूहिक रूपमा सेनामा भर्ना गर्ने, नेपाली नागरिकता अन्धाधुन्दा तरिकाले वितरण गर्ने, मन्द विषय मिलाएर ल्याए । उनका यसक्रियाकलापबाट शंका मानेका जनताले त्यसपछि एकपछि अर्को गर्दै देश र जनघाती योजना र कार्यक्रमहरू देख्न र सुन्न पर्यो ।
आफूले सरकारसम्हालेपछि एक महिनासम्म कुनै राष्ट्रसेवक कर्मचारीलाई उसको जिम्मेवारीबाट नहटाउने सार्वजनिक अभिव्यक्ति दिएका भट्टराईले आˆनोसत्ताको लागि मधेसी मोर्चालाई खुसी पार्न सात दिन पनि ननाघ्दै गृहसचिव लीलामणि पौडेललाई सरुवा गरिदिए । त्यसपछि सुरु भयो, उनकोअसली रूप । बोलीमा एक व्यवहारमा अर्को गर्दै प्रधानमन्त्री भट्टराईले एकपछि अर्को राष्ट्रघाती र जनघाती कामको शृंखला कायम गर्दै आएकाछन् । बिप्पा सम्झौता, जग्गा फिर्ता, जनसत्ताको निर्णय कार्यान्वयन गर्ने निर्णय, महागी र भ्रष्टाचार रोक्ने प्रतिबद्धता र राष्ट्रियतासम्बन्धीसवालमा भट्टराई सरकारले एकपछि अर्को गर्दै थप माथि थप गल्ती गर्दै गइरहृयो ।
कुनै पनि निर्णय गर्दा आवेग र लहडमा निर्णय लिने भट्टराई सरकारले आफूले गरेका प्रायजसो निर्णयहरू कार्यान्वयन गर्न सकिरहेका छैन ।
कुनै पनि निर्णय गर्दा आवेग र लहडमा निर्णय लिने भट्टराई सरकारले आफूले गरेका प्रायजसो निर्णयहरू कार्यान्वयन गर्न सकिरहेका छैन ।
सरकारमा बसेर आˆनै दलको पूर्ण समर्थन लिन नसकेका भट्टराईले सत्ता साझेदार दलहरूको पनि पूर्ण विश्वास लिन सकेका छैनन् । उनकामन्त्रिमण्डलका सदस्यहरू बेलगाम छन् । मन्त्रीहरू भ्रष्टाचारमा लिप्त छन्, राष्ट्र र राष्ट्रियताविरुद्ध खुलेआम अभिव्यक्ति दिादै हिाड्छन्,सामान्य कूटनीतिक मर्यादा पालन गर्न नसकेर विदेशमा बेइज्जत भएका छन् । देशभित्र अपराध, अन्याय, अत्याचार, महागी, भ्रष्टाचार मौलाएकोछ । प्रहरी, प्रशासन र प्रचलित कानुन कुन चराको नामजस्तो भएको छ । शान्ति र संविधान निर्माणको कुरा भाषणमा सीमित भएको छ । तर,पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कुनै चिन्ता र चासो छैन । उनीहरूलाई चिन्ता छ त केवल आˆनो कुर्सीको र कसरी हुन्छ, त्यसको आयुलम्ब्याउने विषयको नै ।
शान्ति, संविधान र मुलुकको अमनचयनमा रत्तिभर चिन्ता नलिएका प्रधानमन्त्री भट्टराईले यतिबेला गृहमन्त्री विजयकुमार गच्छदारको हुकुममावितरण गरिन लागेको नागरिकता वितरणलाई कार्यान्वयन गर्न ठूलो चिन्ता परेको छ । सर्वोच्च अदालतले समेत गलत ठहर्याइसकेको विषयलाईप्रधानमन्त्रीले पनि संविधान नै संशोधन गर्छु तर मधेसी मोर्चालाई बेखुसी हुन दिन्न भन्दै रातारात संविधान नै संशोधन गर्न तयार हुनुले उनकोअसली रूप जाहेर गर्दछ । आमनेपाली जनता, सबै राजनीतिक दल र सर्वोच्चले समेत गलत ठहर्याइसकेको विषयमा प्रधानमन्त्री किन यसरीमरिहत्ते गर्दैछन् ? अहिले आमजनता र राजनीतिक दल यसै विषयमा केन्दि्रत भएका छन् ।
मुलुकको हितका लागि ठोस काम गर्न नसके ४५दिनपछि राजीनामा दिने बताएर सरकारको बागडोर सम्हाल्न पुगेका भट्टराई तिरस्कृत भइसक्दासमेत सरकारमा टासिरहेका छन् । उनको यस्तोक्रियाकलापले आमजनता निराश र अक्रोशित भएका छन् । त्यसैले प्रधानमन्त्री बाबुराम भट्टराई मुखमा रामराम... छुरा भएका व्यक्ति रहेछन्भन्ने आमजनमानसमा परेको छ । प्रधानमन्त्री डा. बाबुराम जति धेरै सरकारमा बस्छन्, त्यति नै हुादै जानेछन् बद्नाम र जनताको नजरमा योसरकार बेकार साबित भइसकेको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।
