शान्ति प्रक्रिया र संविधान निर्माणमा माओबादी बाधक: महन्थ ठाकुर


पुस १५ बर्दिवास।  तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणको काममा एकीकृत नेकपा माओवादीको कारण अवरोध बढेको बताएका छन् । उनले ठूला दल सत्ताको हानथापमा अल्झेकाले सबै प्रक्रियाहरुमा अवरोध आएको बताए ।
महोत्तरीको जलेश्वरमा बिहीबार आयोजना हुने मध्यमाञ्चलस्तरीय क्षेत्रीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने क्रममा जलेश्वर पुगेका अध्यक्ष ठाकुरले संवादातासँगको भेटमा सो कुरा बताएका हुन् ।
संविधानसभामा प्रतिनिधित्व गर्ने ठूला दलहरु संविधान निर्माणका कुराभन्दा सत्ताको हानथापमा अल्झेकाले शान्ति प्रक्रिया र संविधान निर्माणको कामले गति लिन नसकेको अध्यक्ष ठाकुरको भनाइ छ । रासस

Leave a Reply