पुस १ काठमाडौँ । माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले थपिएको समयावधिमा पनि मुलुकको नयाँ संविधान नबने राष्ट्रपति र सेना लिन सक्ने आशंका ब्यक्त गरेका छन् । बाराको रतनपुरी गाविसमा उच्च मावि स्थापनाका लागि नेरामाविद्वारा आयोजित सप्ताह व्यापी धन्याञ्चल महायज्ञको बिहीबार उदघाटन गर्दै उपाध्यक्ष डा. भटटराईले यस्तो आशंका ब्यक्त गरेका हुन् ।
डा.भटटराईले समयमै शान्ति र संविधान निर्माणका लागि सहमतीय प्रणाली अनुसार राष्ट्रिय सहमतिको संयुक्त सरकार बन्नुपर्नेमा जोड दिदै शान्ति र संविधान समयमा निर्माण नभए मुलुकको शासन राष्ट्रपति र सेनाले लिने ठोकुवा समेत गरे ।
जननिर्वाचित आफ्नो पार्टीको सरकारलाई षड्यन्त्र गरी सडकमा धकेलेर संबिधानसभालाई विघटन गर्ने योजनामा केही तत्वहरु लागेको उनले आरोप लगाए । मुलुकको नेतृत्व फेर्न दलहरु बीच लामो समयदेखि देखिएको बिबाद र गाँठो फुकाउन नसक्नुनै विवादको मुल जड रहेको उनको भनाइ थियो ।