पुस १ काठमाडौँ। एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री निर्वाचन प्रक्रियालाई नयाँ प्रक्रियाबाट अगाडी बढाउने विषयमा दलहरुसँगको छलफलाई अगाडी बढाउने निर्णय गरेको छ। प्रचण्ड निवास नयाँ बजारमा बिहिबार बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्य र प्रधानमन्त्री चयनका विषयमा नयाँ शिराबाट अगाडी बढ्ने निर्णय गरेको हो।
बैठकले दलहरुसँग गम्भीर रुपले छलफल गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा पुस चार गते बस्ने व्यवस्थापिका संसदको अधिवेशनको पूर्व तयारी र एजेण्डाका विषयमा पनि छलफल भएको थियो। माओवादीले रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता गराउने र त्यसपछि संसदको नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने भएको छ।
