दुताबासमा बन्दै गरेको संविधान नेपाली जनताको टाउकोमा थुपारीदै


पुस ११ जनकपुर। पुनर्गठित नेकपा माओवादीका अध्यक्ष मातृका यादवले नेपालको नयाँ संविधान कुनै दुतावासमा बनि रहेको बताएका छन् । आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
यादबले ठुला दलहरु कुनै दुतावासमा संविधान निर्माण गर्न तल्लिन रहेका भन्दै दुताबासमा बन्दै गरेको संविधान नेपाली जनताको टाउकोमा थुपार्न लागि परेको आरोप समेत लगाए । दलहरुमा सत्ताको लागि लडाई गर्ने प्रवृति हाबी भएकोले शान्ति स्थापना र संविधान निर्माणको प्रक्रिया ओझेलमा परेको उनको गुनासो छ ।
यादबले दलहरुले संविधान र शान्ति स्थापना भन्दा कुर्सीको खेलमा लागेका कारण वर्तमान समस्या आएको धरान ब्यक्त गरेका छन् । उनले आफुहरु परिवर्तनकारी आन्दोलनको तयारीमा रहेको जनाउदै आन्दोलन दवाउनेहरुलाई उनकै शैलीमा जवाफ दिइने बताए ।

Leave a Reply