गीत: राम्रो कुरा तिमी देशको कुरा गर्दैछौ

राम्रो कुरा तिमी देशको कुरा गर्दैछौ
त्यसको लागि जे जति पुरा गर्दैछौ

पाखुरीमा पौरखको उठाउ पहाड
त्यस्तै होस पैले जस्तै नहोस् उजाड
राम्रो कुरा मेलमिलापको कुरा गर्दैछौ
त्यसको लागि जे जति पुरा गर्दैछौ

विश्वास छ सीमारेखा सार्न दिदैनौ
सोतर पारी मान्छेहरु मार्न दिदैनौ
राम्रो कुरा स्वस्ति शान्तिको कुरा गर्दैछौ
त्यसको लागि जे जति पुरा गर्दैछौ

खारेज गर अर्को कुरा सुगौली सन्धिलाई
हुन नदेउ हड्ताल अपहरण तालाबन्धिलाई 
राम्रो कुरा सम्झौताको कुरा गर्दैछौ
त्यसको लागि जे जती पुरा गर्दैछौ
—ज्ञानु बस्नेत

Leave a Reply