मङ्सिर २९ काठमाडौँ। पूर्व युवराज पारश शाहलाई टाइगर टप्स गोलीकाण्डमा संलग्न भएको आरोपमा तीन दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुममति दिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले थप अनुसन्धानका तीन दिन त्यही राख्न बुधबार म्याद थपेको हो ।
यसअघि शाह र चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमबीच कुराकानी भएको थियो। प्रहरी प्रशिक्षण केन्द्रको अतिथि कक्षमा भएको कुराकानीको क्रममा पूर्व युवराज पारसले प्रमुख जिल्ला अधिकारी गौतम समक्ष घटनाका पीडित भनिएका रुवेल चौधरीलाई चितवन ल्याउन अनुरोध गरेको बुझिएको छ। यद्यपी, प्रमुख जिल्ला अधिकारी गौतमले भने पारससँग मुद्दाको विषयमा कुरा नभएको दाबी गरेका छन्। प्रहरी प्रशिक्षण केन्द्र भरतपुरमा राखिएका पारसको त्यहीं उपचार भइरहेको बताइएको छ।
उता पूर्व युवराज पारस शाहको रिहाइको माग गर्दै वीरगञ्जमा विहानैदेखि प्रदर्शन भएको छ। हिन्दु राष्ट्रिय युवा संघ लगायतका संघ संगठनले घण्टाघर चोकमा टायर बाली यातायात अवरुद्ध पार्यो । यसैगरी राष्ट्रिय सरोकार मञ्चले पनि बीरगञ्जमा प्रदर्शन गरेको छ। पारसको रिहाइको माग गर्दै हेटौंडामा पनि प्रदर्शन भएको छ। यस्तै पूर्वयुवराज पारस शाहलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बुधबार कैलाली सदरमुकाम धनगढीमा पनि नाराबाजी गर्दै कही समय सडक अवरुद्ध बनाएका छन् ।
यसअघि पूर्व युवराज पारस शाहलाई पक्राउ गरिएको विरोधमा मंगलबार देशका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए । पारस समर्थकहरुले काठमाण्डौको वसन्तपुरमा प्रदर्शन गर्दै रिहाईको माग गरेका थिए। पारसको समर्थनमा चर्को नारावाजी गर्दै वसन्तपुरबाट निस्केको मसाल जुलुस रत्नपार्कमा पुगेको थियो। काठमाण्डौको पुरानो वानेशवरमा पनि पारस शाहलाई प्रक्राउ गरेको विरोधमा केहि बेर नारावाजी गर्दै टायर बालेर प्रर्दशन गरेका थिए।
यसैविच पुर्व युवराज पारस शाहलाई प्रहरीले पक्राउ गरेकोमा राष्ट्रिय प्रजातन्त्र पाटी नेपालले विरोध जनाएको छ। राप्रपा नेपालले प्रेस बिज्ञप्ति जारी गर्दे गिरफ्तारीलाई प्रतिसोधपुर्ण ठहर गरेको छ। घटनाको छानविन नै नगरि एकपक्षीय ढंगले अघि वढाइएको कार्वाही प्रक्रियाले कानुनी राज्यको उपहास भएको राप्रपा नेपालले प्रतिक्रिया दिएको छ।