काठमाडौ, पुष ६ - माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको रुपमा आफ्नो पार्टीले स्वीकार नगरेको बताएका छन् ।
मंगलबार माओवादी पदाधिकारीको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै खनालका सम्बन्धमा 'पार्टीले निर्णय गरेको छैन, बिकल्पहरु खुला राख्ने मात्र भनेको हो ।' उनका बारेमा आफ्नो पार्टीले आधिकारीक रुपमा निर्णय नगरेको बताएका छन् ।
माओवादी नेता देव गुरुङले भने सोमबार राजधानीमै भएको एक कार्यक्रममा सरकारको नेतृत्वका लागि एमाले अध्यक्ष खनाललाई स्वीकार गरिने बताएका थिए ।
यसअघिको अधिवेशनमा माओवादीले खनाललाई सघाउने निर्णय गरेको भएपनि एमालेले नै दुई तिहाइ बहुमत पुर्याउनु पर्ने सर्त राखि दिएपछि खनालले अन्तिम अवस्थामा आएर प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता गरेको थियो ।
नयाँ बजारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भएको पदाधिकारी बैठकले पुन: प्रधानमन्त्रीका लागि विकल्प खुला राख्नेलगायतका विषयमा छलफल गरेको थियो ।
