पुस ६ काठमाडौँ । मधेसका मुद्दामा फोरम (लोकतान्त्रिक) जिम्मेवार नभएको र संविधानसभामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय साहले आफ्नै नेतृत्वमा 'मधेस क्रान्ति फोरम' नामक पार्टी गठन भएको जानकारी दिएका छन्। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरि फोरम (लोकतान्त्रिक)बाट अलग भएको भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय साहले बताए।
नवगठित पार्टीमा लोकतान्त्रिककी केन्द्रीय सदस्य करिमा वेगम, केन्द्रीय सदस्य रामलाल सुतियार, रामेश्वर शाह समेत सहभागि छन्। मधेसवादी दलहरुले मधेसको मागलाई बेवास्ता गरेको भन्दै नयाँ पार्टी गठन गरेको बताइएको छ।
कार्यसमितिमा रहेका सदस्यहरुकेा नाम भने गोप्य राखिएको छ। मधेस आन्दोलनवाट पार्टीको रुपमा जन्मेको मधेसी जनाधिकार फोरम नेपाल यो सहित पाँच टुक्रामा बाँडिएको छ। शुरुमा किशोर विश्वास मधेसी जनअधिकार फोरम मधेस नामको पार्टी गठन गरेर अलग भएका थिए। त्यसलगत्तै फोरमवाट छुटेर अमर यादबले मधेस तराइ फोरम नामको पार्टी गठन गरेका थिए।
नयाँ पार्टीको औपचारिक घोषणा भने गरिएको छैन।
