शान्ति र संविधान लेखनका लागि राष्ट्रिय सहमतिमा जोड


पुस १५ काठमाडौँ प्रमुख दलका शीर्ष नेताहरुले शान्ति र संविधान लेखनका लागि राष्ट्रिय सहमतिको बिकल्प नभएको दोहोर्‍याएका छन्। पर्यटन बर्ष २०११ को पूर्वसन्ध्यामा आयोजित थानकोटदेखि नगरकोट सम्मको मोटरसाईकल यात्रामा सहभागी हुने क्रममा नेताहरुले राष्ट्रिय सहमतिको कुरा दोहोर्‍याएका हुन्। यात्राको थानकोटको नागढुंगामा उद्घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलव्धी संस्थागत गर्न दलहरुबीच नयाँ सहमतिको आवश्यकता रहेको बताए   उनले  थानकोटनगरकोट यात्राले दलहरुलाई पुनः एकै ठाउँमा ल्याउने बिश्वास समेत व्यक्त ब्यक्त गरेका छन्   

यात्रा शुभारम्भ गर्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन दलहरु एक हुनुको बिकल्प नभएको बताए   उनले  पहिले आफ्नो पार्टीभित्र देखिएको विवाद र अन्तर सघंर्षलाई टुंग्याएर राष्ट्रिय सहमतिमा लाग्न दलहरुलाई आग्रह गरे ।

थानकोटबाट हिँडेको मोटरसाइकल यात्रामा सहभागीलाई कलंकीमा कांग्रेस महामन्त्री प्रकाशमान सिंह, नयाँबानेश्वरमा एमाले अध्यक्ष झलनाथ खनाल, भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे र नगरकोटमा प्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरेका थिए 

Leave a Reply