दरबारमा विज्ञापन दलालको चलखेल जारी : रविन राचलिका हरित समुह भक्तपुर


भक्तपुर नगरपालिकाको मुख्य आयस्रोतको रुपमा रहेको,पर्यटन बिकासको माध्यम बनेको दरबार ईलाका विज्ञापन दलालहरुको चलखेल गर्ने थलो भएको छ । 
यहाँका दलाल प्रेसवाला तथा विज्ञापन दलालका कारण दरबार क्षेत्रको संरक्षणमा समस्या देखिदै आएको छ ।  हालै भदौ १५ गतेबाट यो क्षेत्रमा पर्यटकलाई बाधा नहोस भनेर नगरपालिकाले सबै किसिमका सवारी पूर्णतय निषेध गरेको छ । यो नियम पहिलो पटक २०४९ सालमा लागू भएको थियो । तर त्यो क्षेत्रमा बसोबास गर्ने ठुलाठालुले दरबारलाई नै ग्यारेज बनाउंदै आउँदा कार्यन्वयन भएको थिएन । हालैबाट सरकारी पुलिस तैनाथ गरी सवारी रोकिएपछि त्यहाँ सवारी साधनबाट हुने अशान्ति कम भएको छ ।    

दरबार क्षेत्रको पृष्ठभुमिमा एउटा ठुलो अखबारमा मोटरबाईक यसबाट नगरपालिकाको १८ वर्ष पुरानो नियम फेरी कार्यन्वयन हुने शंका उब्जिएको छ । आम सञ्चारमा यसरी बाईक गुडाएको देखाइदा आम जनमानसमा नगरपालिकाको नियम ओझेलमा पारेको छ ।
नगरपालिकालाई राजनितिक दृश्टिकोणमा  नेमकिपाको गढ मान्ने गरिएको छ । नेमकिपाका बिपक्षिहरुले नगरपालिकका स्रोतहरु प्रयोग गरी भक्तपुरमा प्रगती गरेको देखेर,सो पार्टिको प्रभाव कम गर्न जस्तो सुकै कदम चाल्ने गरेका छन । यसको लागि बिज्ञापन दलाल र धन्धावाल  प्रेसवालाको प्रयोग गरिएको छ । यस्ता प्रेसवाला भक्तपुरको पत्रकार महासंघमा पनि छन । दलालहरुको कारणले नै भक्तपुर महासंघको कार्यालय गायब भएको छ । सदस्यहरुले एक अर्कालाई घुस लिएर सदस्यताको लागि सिफारिश गर्ने आरोप प्रत्यारोप गर्ने गरेका छन । बिज्ञापन दलालहरुको दबाबबाट उनीहरुलाई बिबाद गराइएको हो ।

नेमकिपाका पत्रकारलाई बिज्ञापनका दलाली र सरकारी सुबिधाका लागि प्रेसको दुकान थापेका र ठुला प्रेसको धमास दिने प्रेसवालाहरुले पेल्ने गरेका छन । भक्तपुर दरबारलाई अशान्त बनाएमा नेमकिपाको प्रभाव घटाउन सकिन्छ भन्ने यहाँका माओवादी,एमाले र काँग्रेसी नेताहरुमा रहेको छ । त्यही भएर यी दलका नेताका नेतृत्वमा रहेका स्कुलहरु भक्तपुरमा सञ्चालित छन । पदम उच्च मा बि र विध्यार्थी निकेतन स्कुललाई भक्तपुर दरबार क्षेत्रबाट हटाउन युनेस्कोको सुझाव रहे पनि राजनीतिक दलालिको कारण कार्यन्वयन भएको छैन ।       

Leave a Reply