पुस १२ काठमाडौँ। राष्ट्रपति डा. रामवरण यादवले संसदको नियमित अधिवेशन पौष २५ गते आहृवान गरेका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा राष्ट्रपतिले सोमबार पौष २५ गते अपराहृन ४ बजेका लागि संसदको नियमित अधिवेशन आहृवान गरेका हुन् । राष्ट्रपति निवास पुगेर प्रधान मन्त्री नेपालले संसद अधिवेशनको सिफारिश गरेका हुन् ।
राष्ट्रपतिको नाममा चुरे संरक्षण कार्यक्रम राखेको यादवले प्रधानमन्त्री नेपाललाई धन्यवाद दिए। उनले चुरे संरक्षणका लागि सरकारले नै संयन्त्र निर्माण गरिदिन पनि ध्यानाकर्षण गराएका थिए। राष्ट्रपतिले वन विनास बारे गम्भीर चासो व्यक्त गर्दै त्यसका लागि उपयुक्त कदम चाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।
यसअघि सोमबार नै प्रधानमन्त्री नेपालले राष्ट्रपतिलाई भेटी २५ गते नियमित अधिवेशन बोलाउन सिफारिस गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने व्यवस्था छ ।
