पुस १०,काठमाडौ । काबुलस्थित अमेरिकी नियोगको सुरक्षा समूहका लागि आर्मर ग्रुप अफ नर्थ अमेरिका -एजीएनए) मार्फत भर्ती लिइएका नेपाली सुरक्षा टोलीमध्ये ५७ प्रतिशतलाई अंग्रेजीको आधारभूत ज्ञान पनि नरहेको र हतियार चलाउने मामलामा पनि उनीहरू तालिमहीन रहेकाले सुरक्षा खतरा निकै रहेको जनाइएको छ । अफगानिस्तानको अमेरिकी सुरक्षा सञ्जाल र कूटनीतिक नियोगमा रहेको सुरक्षा व्यवस्था विशेषतः नेपाली गार्डका कारण फितलो रहेको अमेरिकी विदेश मन्त्रालयको पछिल्लो प्रतिवेदनमा दाबी गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले सन् २००७ मार्चदेखि एजीएनएलाई काबुल नियोगमा सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मा दिएको थियो । त्यसका लागि ७ सय सुरक्षा दस्ता राखिएकामा ४ सय ६० भन्दा बढी नेपालबाट लिइएका छन् । २००९ सेप्टेम्बरमा काबुल दूतावासमा भएको विद्युतीय आगलागी र सन् २००७ मा काबुलस्थित अमेरिकी सुरक्षा सञ्जालबाट हराइरहेका १ सय १ अत्याधुनिक हतियारबारे पनि अनुसन्धान नभइरहेको बारे ध्यानाकर्षण गराउँदै प्रतिवेदनमा सुरक्षा संयन्त्रबारे पुनर्विचार र थप गम्भीरता आवश्यक रहेको जनाइएको छ । यो प्रतिवेदन अहिले अफगानी सुरक्षा मामलाको भविष्य कार्ययोजनाका रूपमा बहसमा छ ।
अफगानिस्तानमा राष्ट्रसंघीय आधारकेन्द्र र बाहिर गरेर अनुमानित २५ हजार नेपाली कामदार कार्यरत छन् । अफगान राष्ट्रपति हमिद कारजाईले यही डिसेम्बरभित्रमा सबै वैदेशिक कामदारलाई निकाला गर्ने भनी राष्ट्रिय योजना सार्वजनिक गरेकै बेला अमेरिकी विदेश मन्त्रालयको अनुगमन प्रतिवेदन बाहिर आएको हो । कान्दाहार बेसमा कार्यरत धादिङका साधुराम थापाका अनुसार अफगानी राष्ट्रपति कारजाईको घोषणाअनुसार नै कतिपय कम्पनीहरूले करार थप नगर्दा नेपालीहरू घर फिर्ने क्रम बढेको छ । उनका अनुसार सुपि्रम फुड, सुपि्रम एफओबी, केबीआई कन्स्ट्रक्सन, एमपीएसजस्ता ठूला कम्पनीमा करार थप नहुँदा दुई हजारजति नेपाली कामदार घर फिरिसकेका छन् । वैदेशिक रोजगारका लागि नेपाल सरकारले खुला गरेका १ सय ७ मुलुकभित्रमा अफगानिस्तान पनि परेको छ । तर अफगानिस्तान रोजगारीमा जानुअघि 'पूर्वस्वीकृति' नदिई कार्यावधि पूरा गर्दै फिरेर आएमा र अर्को पटक जान चाहेमा मात्रै श्रम स्वीकृति दिने विभागको प्रचलन छ ।