घुर्क्याउने नगर फकाउँछ भनेर
जिस्काउने नगर धकाउँछ भनेर
फूलपातमा,रातमा तिमीलार्इ सम्हाल्छु
नसोच कहिल्यै छकाउँछ भनेर
आँधीहुरी बतासमा, नबग हतासमा
खुसीहरू पलामै सकाउँछ भनेर
दोबाटोमा फाँटमा भौतारी शहरमा
नखोज घरबार बसाउँछ भनेर
©ज्ञानु बस्नेत २०५९
|
|
|||
Categories
ArchivesFollowers |
घुर्क्याउने नगर फकाउँछ भनेर |
Top 10 Posts
|
|
|
Copyright © 2008 KHARBANDI - All Rights Reserved |
|||