माओवादी हतियारविहीन हुन चाहिरहेको छैन


पुस १३ काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले माओवादी हतियारविहीन हुन नचाहेको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस सम्पर्क समितिले मंगलबार  आयोजना गरेको  नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा उनले  यस्तो आरोप लगाएका हुन्। 
नेता सिटौलाले माओबादी शान्ति प्रक्रियाप्रति प्रतिवद्ध नभएको भन्दै  अहिले  माओवादी र अन्यदलबीच बन्दुक र विचारको लडाइ चलिरहेको बताए। 
उनले  शिक्षा क्षेत्रलाई फौजिकीकरण गर्ने भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस विरुद्ध लड्न  विद्यार्थीलाई आग्रह समेत गरेका छन्  । 
माओवादी र अन्यदलबीच बन्दुक र विचारको लडाइ यथावत रहेकाले शान्ति प्रक्रिया र संविधान लेखनले पूर्णता पाउन नसकेको उनको भनाइ छ  । 

Leave a Reply