पुस ११ काठमाडौँ । परराष्ट्र मन्त्रालयले मेसिन रिडेवल पासपोर्ट एमआरपी (यन्त्रले पढ्न सक्ने राहदानी) को आइतबार देखि औपचारिक वितरण कार्य सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान आयोजित कार्यक्रममा कूटनीतिक तथा सर्वसाधारणका लागि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) प्रदान गरेर औपचारिक वितरण कार्य शुभारम्भ गरिएको हो ।
कार्यक्रमको अवसरमा प्रधानमन्त्री माधवकुमार नेपाललाई उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले रातो, हरियो, नीलो र कालो रङको एमआरपी हस्तान्तरण गरेका थिए ।रातो रङको एमआरपी कूटनीतिक क्षेत्रका व्यक्तिका लागि हो भने नीलो रङको एमआरपी सरकारी कर्मचारीका लागि हो । त्यस्तै हरियो रङको एमआरपी सर्वसाधारणका लागि वितरण गरिनेछ । कालो रङको भने यात्रासम्बन्धी कागजात ( ट्राभल डकुमेन्ट) का लागि हो ।
कार्यक्रममा एकदेखि पाँच नम्बरसम्मको कूटनीतिक एमआरपीमध्ये तेस्रो नम्बरको प्रधानमन्त्री माधवकुमार नेपाल, चौथो नम्बरको प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र पाँचौँ नम्बरको व्यवस्थापिका संसद्का सभामुख सुवास नेम्वाङलाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी सर्वसाधारणतर्फको हरियो रङको एमआरपी सरकारले सम्मानस्वरुप यसवर्ष सिएनएन हिरो हुन सफल माइती नेपालकी प्रमुख समाजसेवी अनुराधा कोइरालालाई प्रदान गरियो ।प्रधानमन्त्री माधवकुमार नेपालले उनिहरुलाई एमआरपी हस्तान्तरण गरेका थिए भने उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री नेपाललाई सो अवसरमा एमआरपी हस्तान्तरण गरे ।
पहिलो नम्बरको कूटनीतिक एमआरपी राष्ट्रपति डा रामवरण यादव र दोस्रो उपराष्ट्रपति परमानन्द झालाई आइतबार नै पराराष्ट्र मन्त्रालयले हस्तान्तरण गर्ने मन्त्रालयका सहसचिव भरतराज पौडेलले जानकारी दिए ।
यसैगरी एक सय थान एमआरपी पनि आजै सर्वसाधारणलाई वितरण गरिने मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधानअनुरुप उसले निर्धारण गरेको दोस्रोपटकको समयावधि सकिनु पाँच दिनअघि सरकारले एमआरपी वितरण गरेको हो । यसअघि आइकाओले सन् २०१० अप्रिल १ को समय तोकेको थियो ।
पहिलो चरणमा परराष्ट्र मन्त्रालयबाटै वितरण गरिने यो राहदानी अर्को हप्ताबाट उपत्यकाका भक्तपुर, काठमाडाँै र ललितपुर जिल्लाबाट फर्म वितरण गरी आवश्यक कागजातहरु प्रमाणित गरी दिइने योजना रहेको मन्त्रालयले जनाएको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरुपमा एमआरपी सहजरुपमा वितरण गरी यसको प्राप्ति सर्वसाधारणलाई सर्वसुलभ बनाइने सरकारले जानकारी दिएको छ ।
एमआरपी लिन ६ हप्ताको समय लाग्ने छ । तर अत्यावश्यक छ भन्ने भएमा हप्ता दिनमा दोब्बर दस्तुर तिरेर दिइने बताइएको छ । पहिलो चरणमा दुई लाख ६० हजार थान एमआरपी आइसकेको छ । केही समयभित्रै चार लाख थान एमआरपी आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री एवम् पराराष्ट्र मन्त्री सुजाता कोइरालाले सर्वसाधारण नागरिकले एमआरपी पाउन कष्ट एवम् झन्झट व्यहोर्न नपरोस् भनेर सहज वितरणको प्रयास भइरहेको बताईन् ।उनले गृहमन्त्रालयसँग सुरक्षालगायतका विषयमा कुरा गरेर वितरणलाई सहज बनाउने कुरा भइरहेको बताउँदै नागरिकतालगायतका कागजात नक्कली नहुन भन्नेमा सचेतता अपनाउनु पर्नेमा जोड दिइन ।
परराष्ट्र मन्त्रालयका सचिव मदनुकमार भट्टराईले राष्ट्रिय प्राथमिकतामा परेको एमआरपी वितरण चुनौतीपूर्ण भए पनि सहज र सर्वसुलभ वितरणको प्रयास भइरहेको जानकारी दिए । रासस