पुस १७ काठमाडौँ। पर्यटनका लागि संगसंगै भन्ने मुल नाराका साथ आजदेखि नेपाल पर्यटन बर्ष २०११ सुरु भएको छ। दश लाख पर्यटक भित्राउने लक्ष्यसहित सुरु भएको पर्यटन बर्षको औपचारिक उद्घाटन भने पौष ३० गते मात्रै गरिने छ ।
सार्क राष्ट्रका पर्यटनमन्त्रीहरु सहितको सहभागितामा काठमाण्डौंको दशरथ रङ्गशालामा कार्यक्रम गरी औपचारिक रुपमा उद्घाटन गरिने पर्यटन बर्ष मूल समारोह समितिले जनाएको छ।
नेपाल पर्यटन वर्ष २०११ मा हवाइमार्गबाट आउने पहिलो पाँच जना विदेशी तथा विदेशमा काम गरेर फर्किएका बीस जना नेपालीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । बहराइन एयर लाइन्सको विमानबाट नेपाल आएका अष्ट्रेलियाकी पेरी र उनकी छोरी पेबल भ्रमण वर्षमा नेपाल यात्रा गर्ने पहिलो र दोस्रो पर्यटक भएका छन् भने अमेरिकी नागरिक डोरवानी तेस्रो बोस्टी म्यारीलि चौथो र इङग्ल्यान्डका मीखाएड स्याउल पाँचौ पर्यटक भएका छन्। त्यस्तै कतारमा कामगरी फर्किएका स्याङ्जाका सन्तोष गुरुङ लगायत बीस जना नेपालीलाई पनि स्वागत गरिएको छ। पहिलो पाँच विदेशी नागरिकलाई उनीहरुले बस्न चाहेको होटलसम्म यातायातको सुविधा उपलब्ध गरिएको छ। उनीहरुलाई भादगाउँले टोपी र खादाले सम्मान गरिएको छ।।
विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्तथलबाट उनीहरु बस्ने होटलसम्म स्वागतसहित लैजनो र एक दिनको खाने बस्ने सम्पूर्ण ब्यवस्था निशुल्क गरिने छ। सरकारले पर्यटन बर्षमा भारतबाट दुइ लाख ६५ हजथार, चीनबाट एक लाख र अन्य विभिन्न देशबाट गरी दश लाख पर्यटक भित्राउने ल73य लिएको छ। पर्यटन बर्ष शुभारम्भ भएको पहिलो दिन काठमाडौँ , पोखरा, चितवन, इलाम लयायतका पर्यटकिय स्थलका होटल र रेष्टुराहरुमा पर्यटकलाई लक्षित गरी सहुलियत प्याकेज घोषित गरिएको छ।
