मौसम परिवर्तन र आर्थिक प्रभाव :


एन पी रिजाल,

वर्तमानका प्रमुख वातावरणीय समस्याहरूका तालिकामा मौसम  परिवर्तनलार्इ पहिलो नम्बरमा राखिन्छ । यसको प्रमुख कारण के हो भने यो विश्वव्यापी समस्याको रूपमा रहेको छ र यसको प्रभाव विकसित र विकासोनमुख सबै देशहरूले सामना गरिरहेका छन् । यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरू हाम्रो वरिपरी वातावरणीय संरचनामा पनि देखिन थालेको पाइन्छ । जाडोको मौसममा हामी पहिलेको तुलनामा कम जाडोको अनुभव गरिरहेका छौं  । पृथ्वीको तापमानमा भएको वृदिको प्रत्यक्ष असर हाम्रो हिमालय श्रृंखलाका हिमनदीहरूमा देखिन थालेको छ । अर्कोतिर सामुद्रिक सतह पनि बढ्न थालेको छ । माल्दिभ्सले भर्खरै मात्र बंगलादेशबाट माटो किन्ने निर्णय गरेको छ । चारैतिरबाट समुद्रले घेरिएका माल्दिभ्सका स–साना होचा टापुहरू डुब्ने खतरामा छन् । यो एउटा उदाहरण मात्र हो यस्ता कयो वातावरणीय समस्याहरू हामी दैनिक रूपमा अनुभव गरिरहेका छौं । यसरी पृथ्वीको तापक्रममा वृदि भर्इ असन्तुलित रूपमा मौसम  परिवर्तन हुँदै जानुमा कार्बन ग्याँसको उत्पादन र व्यापक प्रयोग नै रहेको छ  । यसका साथै वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने वनजङ्गलको व्यापक विनाश पनि रहेको छ ।

मौसम परिवर्तनले वातावरणीय संरचनाका अनेकौ  पक्षहरूमा प्रभाव पार्ने गर्दछ । ती पक्षहरू मध्ये मौसम परिवर्तनले र्थिक क्षेत्रहरूमा पार्ने प्रभावलार्इ मुख्य रूपमा विश्लेषण गर्ने गरिन्छ । मौसम  परिवर्तन वातावरणीय दृष्टिकोणबाट खराब देखिए पनि यसको आर्थिक प्रभाव भने फाइदाकारी र बेफाइदाकारी दुबै हुने गर्दछ; कारण के हो भने हामीले मौसम परिवर्तनलार्इ सही सदुपयोग गर्न सकेको खण्डमा त्यसमा आर्थिक फाइदा पनि प्राप्त गर्न सक्दछौं ।

वर्तमान समयमा नेपालले कार्बन व्यापार गरिरहेको छ । औध्योगिक देशहरूले गरेको कार्बन उत्पादनले पृथ्वीको सुरक्षा कवच मानिने ओजोन तह पातलिदै गएको छ । जसको कारण पृथ्वीको तापक्रम बढ्न गयो र मौसममा असन्तुलन देखा पर्‍यो । नेपाल जस्ता विकासोन्मुख देशहरु भने मौसम परिवर्तनको समाना गरिरहेका छन । तर नेपालले यस अवस्थाको फाईदा लिन सक्नु पर्छ । मौसम परिवर्तनबाट वर्तमान समयमा नेपालले लिन सक्ने प्रमुख फाईदा भनेको कार्वन व्यापार हो ।

नेपाल कृषि प्रधान देश हो र लगभग ८५ प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्दछन । कृषि पेशामा संलग्न हुने मानिसहरु पशु पालनमा पनि संलग्न हुने कारण गोबर ग्याँस उत्पादनको  सम्भावना  व्यापक रहेको छ । यो हरित उत्पादन हो ।  अर्कोतिर अन्य वैकल्पिक हरित उत्पादनहरुको प्रयोगमा विस्तार गर्ने हो भने नेपालले कम भन्दा कम उत्पादन गरी कार्बन व्यापारबाट फाईदा लिन सक्छ ।
नेपाल कृषि प्रधान देश हो त्यसैले तसर्थ मौसम परिवर्तनलाई कृषि उत्पादनको विस्तार र आधुनिकिकरणमा पनि सहयोगी बन्न सक्दछ । कारण कृषि उत्पादन तापक्रमको प्रतिफल हो । भौगोलिक रुपमा विविधता रहेको नेपाल त्यसको संरचना अनुकुल फलफूल,खाध्यान्न र तरकारी उत्पादन गर्न सकिन्छ । परिवर्तित मौसम अनुसार कृषि प्रणालीको पनि विस्तार गर्न सके नेपालले आर्थिक फाईदा लिन सक्दछ ।  
जल विध्युत उत्पादनमा अत्याधिक सम्भावना रहेको नेपालमा हिमनदी पग्लन थालेपछी रनअप रिभरमा आधारित जल विध्युत गृह विस्तारमा प्रश्न चिन्ह सिर्जना गरेको छ । यस्तो अवस्थामा त्यसलाई रिजर्व गरेर उत्पादन विस्तार गर्नु उपयुक्त देखिन्छ । तर विश्वव्यापी प्रभावको रुपमा देखा परेको यो तापक्रम बृद्धिलार्इसमयमा नै नियन्त्रण गर्न सकिएन भने यसले निम्त्याउने प्रभाव पनि डर लाग्दो हुने कुरामा दुई मत छैन । यसले परिस्थितीक पद्धतिमा पार्ने प्रभाव कम छैन । तापक्रम बृद्धिका आर्थिक वेफाईदाहरुलाई बेवास्ता गर्ने भुल गर्नु हुँदैन । यसले सिर्जना गर्ने प्राकृतिक संरचनामा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव हाम्रो आयस्तर, जीवन शैली र बातावरणमा पर्दछ । यसबाट आर्थिक बेमितव्यायिता सिर्जना हुने गर्दछ ।   

 तापक्रम बृद्धिमा उल्लेखनिय योगदान दिने कार्वन उत्पादन पूर्ण रुपमा बन्द गर्न सकिदैन तर यसलाई केही रुपमा कम भने अवश्य  गर्न सकिन्छ । हामीले हरित उत्पादनहरुको प्रयोगमा जोड दिनु पर्दछ । जनचेतनामा पनि व्यापक जोड दिनुका साथै सरकारी र अन्तरराष्ट्रिय क्षेत्रबाट पनि यस समस्या कम गर्न जोड दिनु पर्ने देखिन्छ । जस्तो, मौसम परिवर्तनको प्रभावबारे विश्व समुदायलाई ध्यानाकर्षण गर्न नेपाल सरकारले गरेको सगरमाथा आधार शिविरको मन्त्री स्तरिय बैठक र मल्दिभ्स सरकारले समुद्र मुनी गरेको बैठकलाई बिर्सनु  हुँदैन ।   
एन पी रिजाल
Email: anjan_chitiz@yahoo.com

Leave a Reply