पुस १९ काठमाडौँ । उपराष्ट्रपति परमानन्द झाले मुख्य दलहरुले लोकतान्त्रिक संविधान निर्माणप्रति गम्भीर नभइ अन्य कार्यमा समय खर्चेको भनि दलहरुको कार्यप्रति असन्तुष्ट व्यक्त गरेका छन् । उपराष्ट्रपति कार्यालयमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति झाले दलहरुलाई दिएको जिम्मेवारी अनुसार काम नगरी आफ्नो स्वार्थमा समय खर्चेर संविधान निर्माणलाई धरापमा पारेको आरोप लगाए । उनले संविधान निर्माण कार्यलाई पूर्णता दिन आम जनमानसले दलप्रति दबाव दिनुपर्ने बताए।
उपराष्ट्रपति झाले दलरु यसरी नै निरीह भइरहे मुलुक संकटतर्फ उन्मुख भए राष्ट्रपति चुप लागेर बस्न नमिल्ने धरान समेत ब्यक्त गरे । यही अवस्था कायम रहे मुलुक र जनताका लागि राष्ट्रपति सक्रिय हुनपर्ने उनको भनाइ छ ।
मधेसवादी दलहरुको विभाजनको विषयलाई लिएर उपराष्ट्रपति झाले दलहरु टुक्रिँदैमा संविधान निर्माणलाई प्रभाव नपर्ने बताए ।