पुस २० काठमाडौँ । नवगठित तराइ मधेश लोकतान्त्रिक पार्टी नेपालले एमालेका कारण पार्टी फुटेको भन्ने संस्थापन पक्षको आरोपको खण्डन गरेको छ। उसले कुनै दल विशेष या वाह्य कारणले पार्टी नफुटेको स्पष्टिकरण दिएको छ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नवगठित तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका संयोजक महेन्द्रप्रसाद यादवले आन्तरिक कारणले पार्टी टुक्रिएको स्पष्ट पारेका हुन्। पत्रकार सम्मेलनमा यादवले तमलोपा आफ्नो ल73य र उद्देश्य विपरित अलोकतान्त्रिक ढंगबाट अघि बढेकाले विद्रोह गर्नुपरेको दावी समेत गरे।
गत शुक्रबार संयोजक यादवसहित नौ सभासद महन्थ ठाकुर अध्यक्ष रहेको तमलोपाबाट विभाजित भइ तमलोपा नेपाल गठन गरेका थिए। त्यस लगत्तै संस्थापन पक्षले एमालेका कारण पार्टी फुटेको आरोप लगाएको थियो। चोइटिएर नयाँ पार्टी खोलेकाहरुप्रति आक्रोशित वन्दै आएको संस्थापन पक्षले उद्योगमन्त्री यादवसहित राज्यमन्त्री दानबहादुर चौधरीलाई मन्त्री पद्बाट हटाउन प्रधानमन्त्रीसँग आग्रह समेत गरिसकेका छन्। तर नवगठित तमलोपा नेपालका संयोजक महेन्द्रप्रसाद यादवले भने आफूहरुले वैधानिक रुपमा नयाँ पार्टी खोलेकोले मन्त्री पद यथावत रहने वताएका छन्।