पूर्वका नौ जिल्ला यो महिना बन्द नगरिने




देवराज गुरुङ, माघ ११,  ताप्लेजुङ ।
 मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले प्रत्येक महिनाको १५ गते गर्दै आएको पुर्वका नौ जिल्ला यो महिना बन्द नगर्ने बताएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य र अरुणसप्तकोशीपूर्र्वका ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनाको माग गदै आह्वान गर्दै केहि महिन अगाडिबाट गर्दै आएको बन्द यो महिनामा १५ गते शनिवार परेको र धरान महोत्सव, धिमाल महोत्सव र दाहाल बन्धुहरुको राष्ट्रिय महाधिवेशन सोही दिन परेको कारण बन्द नहुने परीषदले आज एक प्रेश विज्ञप्ति प्रकासीत गरी जनाएको छ । यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसंघ कोशी अञ्चलले आह्वान गरेको अनिश्चित कालिन यातायात बन्दको कारण ताप्लेजुङको जनजिवन प्रभावित भएको छ । सडक दुर्घटनाको विषयलाई लिएर प्रहरीले विमा निर्देशिका २०६६ मा उल्लेख गरीएको भन्दा बढि रकम माग गरेको विरोधमा बन्दको आवाहान गरीएको कोशि अञ्चल संयोजक रमेश भण्डारीले टेलिफोन मार्फत जानकारी दिनुभयो । बन्दका कारण मेचि अञ्चलको ताप्लेजुङ, पाँचथर, ईलाम र झापाबाट चल्ने कुनै पनि सवारी साधन विहानै बाट चलेका छैनन् ।

Leave a Reply