पर्यटन बर्ष २०११ सफल पार्न नवलपरासीमा धार्मिक महोत्सव २०६७


 बिष्णु गौडेल, माघ ११ , नवलपरासी ।
 सरकारले पर्यटन बर्ष २०११ सफल पार्न देशका बिभिन्न स्थानमा बिभिन्न गतिबिधि संचालन गर्न थालेपछि  आगमी माघ १३ गतेबाट नवलपरासीको त्रिबेणी धाममा त्रिबेणी धार्मिक महोत्सब २०६७ गरिने भएको छ । लामो समयदेखी आझेलमा पदै आएको यस त्रिबेणी धाममा पहिलो पटक प्रथम एक साता सम्म त्रिबेणी धार्मिक महोत्सब २०६७ गरिने भएको प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले बताउनुभयो । नारायणीनदीको संगम स्थल धार्मिक, भौगोलिक र प्राकृतिक सौन्दर्य बोकेको त्रिबेणी धाममा पहिलो पटक हुन लागेको त्रिबेणी धार्मिक महोत्सबबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।   

Leave a Reply