सात हजारसम्म लडाकु समायोजन गरे कुरा मिल्छः वर्षामान पुन


माघ १०, काठमाडौ ।
 एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य एवम् सैन्य विभाग प्रमुख वर्षमान पुन अनन्तले  सातहजार सम्मको संख्यामा लडाकु समायोजन हुने सर्तमा दलहरुवीच सहमति बन्न सक्ने बताएका छन् । दलहरुवीच लामो समयदेखि समायोजन हुने लडाकुको संख्याको विषयमा लामो समयदेखि विवाद रहँदै आएको अवस्थामा अनन्तको यस्तो भनाई सार्वजनिक भएको हो ।
सोमबार रिपोर्टर्स क्लब काठमाडौमा अनन्तले अब माओवादी संख्यामा अडकिएर बस्ने पक्षमा नरहेको भन्दै कसैले पनि यति वा त्यती संख्यामा अल्झिएर अगाडि बढेको समायोजनको प्रक्रियालाई रोक्न नहुने बताएका हुन्  । उनले  सेनासमायोजन प्रक्रियामा जादाँ त्यो भन्दा कम संख्यामात्रै पनि समायोजन हुन सक्ने भन्दै पहिलो स्वेच्छिक अवकास र पुर्नस्थापनामा जानेको प्रक्रिया सुरु गर्नु पर्ने बताए  । यद्यपि उनले  अहिलेनै यति नै संख्यामा समायोजन हुनुपर्छ भनेर माओवादी समायोजनलाई अल्मल्याउने पक्षमा नरहेको स्पष्ट परे  ।
माओवादीले शान्ति प्रक्रियाप्रतिको प्रतिबद्धताका कारण लडाकुलाई विशेष समितिमा ल्याएको दावी गर्दै उनले  प्रचण्डलाई प्रधानमन्त्री बनाउने रणनीतिका साथ विशेष समिति मातहतमा ल्याउने सार्वजनिक कार्यक्रम नगरेको बताए  । साक्षात्कारमा अनन्तले राष्ट्रपतिले सहमतिको सरकार गठनको लागि दिएको पछिल्लो पाँच दिनभित्रमै दलहरुवीच सहमति कायम भएर सहमतिको सरकार बन्न सक्ने भन्दै बहुमतीय प्रणालीमा जाँदा पनि सबै दल सहभागी भएको सरकार बन्ने आधार बनिसकेको दावी गरे  ।
अन्य राजनीतिक दलहरु माओवादीको नेतृत्वमा लचक हुँदै गएको भन्दै उनले  संसदबादी दलहरु माओवादी सत्ताकब्जाको रणनीतिमा रहेको भनी आशंकामा रहेको र माओवादीले संसदबादी दलहरुलाई यो भन्दा अगाडि बढन चाहँदैनन भनी आशंका गर्ने गरेकोले अहिलेको समस्या कायम रहेको बताए  । जेठ १४ गतेभित्रमा शान्ति र संविधान लेखन कार्य नटुङ्गीए मुलुकको शासन राष्ट्रपतिको हातमा जाने र त्यस्तो अवस्थामा निरकुंशता आउने भन्दै त्यस्तो अवस्थामा जनआन्दोलनको उपलब्धीको रक्षा गर्न जनतालाई सडकमा उतार्ने विषयलाई जनविद्रोह र सत्ता कब्जासम्मको कुरालाई अगाडि ल्याएर अपव्याख्या गरिएको उनको दावी छ  ।

Leave a Reply