न्यूयोर्कमा अधिकांश चर्चित कलाकार बदनाम


न्यूयोर्क / पछिल्लो पुस्ता माझ चलेकी नेपाली रजतपटकी नायिका तथा निर्देशक श्याम भट्टराईकी धर्मंपत्नी रंजना शर्माको न्यूयोर्कको बसाई विचित्रको छ । उनी आजकल बत्तिसपुतलीका सुशिलसँग  न्यूयोर्कको डेरामा बस्छिन् । कानूनी रूपले उनीहरु यसो  चीनजानका मान्छेमात्र हुन् तर न्यूयोर्क बसाईको हिसाबले लोग्नीस्वास्नी भन्दा कम छैनन् । पेशागत हिसाबले सुशिल ट्याक्सी चालक हुन् । ट्याक्सी चालकको पेशा न्यूयोर्कमा अर्थोपार्जनको हिसाबले नेपाली माझ आकर्षक मानिन्छ । रन्जना आजकल न्यूयोर्कमा सबै नेपाली महिलाहरु बिच लोकप्रिय काम नेल्समा मेनिकुर र पेडीकुर  गर्छिंन् ।
रंजना शर्मा मात्र होइन नयाँ पुस्ता बिच चर्चित नायक बिक्रांत बस्नेतको कथा पनि ठ्याक्कै उस्तै छ । दुई ओटा अर्गानिक स्टोरकी मालिक्नी अनीता थापाको कमाईमा रमाएर बसेका छन् उनी । आज भन्दा ६ ,७ वर्ष अमेरिकन  सरकारले अनीताको लोग्नेलाई  नेपाल फिर्ता पठाएपछी न्यूयोर्कमा त्यति नेपाली समाज बिच नदेखिएकी उनी नायक बिक्रांत बस्नेतको साथले चर्चित बनेकी छन् । बिक्रांत कतै काम नगरी संपत्तिवाल अनीताको साथले न्यूयोर्कमा  सानदार जीवन बिताईरहेका छन् । 


"बादलुको घुम्टोले इलाम बज़ार छेकिँदा" गीतका चर्चित गायक यम बरालको अमेरिकाको दिनचर्या विचित्रको छ । न्यूयोर्कमा उनी, म यम बराल हो भन्दै रवाफ देखाउदै हिड्ने गरेपनि कोठाभाडा नतिर्दा कोठाबाट निकलिएपछि आजकल न्यूयोर्कमा यम बराललाई डेरा पाउन नै मुस्किल भएको छ । बेलुकी भए पछि जाँड रक्सीको तल तल मेट्न रेष्टुरेन्टमा जाने तर पैसा ननिकाल्ने भएपछि न्यूयोर्कका सबै  नेपाली रेष्टुरेन्टका मालिकहरु यम बराल आएपछी मुन्टो बटार्न थालेका छन् । यती मात्र होइन नेपालका चर्चित गायक यम बराल आजकल एक कप चियाको लगी नेपालीलाई गुहार्दै हिड्न थालेका छन् । ६ दिनसम्म साहुको घरमा काम गर्ने र एक दिन बिदा मनाउन न्यूयोर्कमा आउने (लोग्नेहरु नेपालतिरै भएका) अधबैशे नेपाली महिलाहरुको मनबहलाईदिने गरेको कारण ती महिलाहरुले १ ,२ सय दिने गरेकोले धन्न यम बराल न्यूयोर्कमा होमलेस भएर सड़कमा सुतेको खबर प्राप्त भएको छैन ।
नेपाल टेलिभिजनका रिपोर्टर दिवाकर बाकचंदकी धर्मंपत्न्नी पबिता बाकचंद आजकल न्यूयोर्कमा चर्चित गायिका हुन् । नेपालमा रहदाँ हाल नायिका रंजनासंगै बस्ने गरेका सुशिलसंग गायिका बाकचंदको उठ बस थियो  तर आजकल पत्रकार बाकचंद न्यूयोर्क पुगे पछि निकै भद्र देखिन्छिन् ।

नेपाली सिने जगतकी चर्चित नायिका गौरी मल्ल न्यूयोर्क आएको केही समय हात हेर्ने ज्योतिषी पनि बन्न पुगिन् र एक भारतीय जवान ज्योतिषीसंग बस्ने गर्थिन् । केही महिना पछि त्यों ज्योतिषीसंगको सम्बन्ध बिग्रेपछि उनी आजकल गायिका बनेर नेपाल जापान रेस्टुरेनटमा काम गर्छिन् ।

नेपालमा पप गीतको सुरुवातसंगै उदाएका गायक हरिस माथेमा अमेरिकाको न्यूयोर्कमा दोश्री स्वास्नी अनीताको साथमा बसेका छन् । ग्रीन कार्ड पाएको धेरै भएर पनि नेपालमा रहेकी स्वास्नी र बच्चाहरुलाई अमेरिका ल्याउन  चासो नदेखाएको कारण बुज्दै जाँदा उनले न्यूयोर्कमा अर्की अनीता नामकी महिलालाई स्वास्नी कै रूपमा राखेका छन् ।
रंजना शर्मा ,बिक्रांत बस्नेत ,यम बराल ,पबिता बाकचंद र गौरी मल्ल मात्र होइन देशका अमूल्य गहना ठहरिएका यी कलाकारहरुले न्यूयोर्कमा भने नेपालीहरुको बचेखुचेको इज्जत नै धोस्त पारेका छन् । यस्तो अवस्था छ की नेपाली कलाकार न्यूयोर्कमा बाटोमा हिड्दा समेत शिर ठाडो पारेर हिड्न सक्ने अवस्था छैन् ।

साभारःwww.nepaliheadlines.net

Leave a Reply