गोरखा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो



राजेन्द्र न्यौपाने
माघ ११ गोरखा । गोरखा जिल्ला सदरमुकामबाट घ्याम्पेसालका लागि विहान ११ बजे छुटेको ना २ ख ७२५१नं. को यात्रु वाहक बस ताप्ले गा.वि.स.वडा नं. ६ स्थित अँधेरी खोला कटुसघारीमा  भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
मृत्यु हुनेहरुमा ताप्ले गाउँ विकास समिति-९ का ३८ वर्षिय प्रेम प्रसाद भट्ट र ५० वर्षीया सिता भट्ट, पन्द्रुङ्ग-२ का ५५ वर्षे लुक्रे परियार, आरुपोखरी-२ का २८ वर्षिय गणेश वहादुर श्रेष्ठ, पन्द्रुङ्ग-१ की ५२ वर्षिया गौरी देवकोटा रहेका छन्  । यसैगरी  धावा-५ की १९ वर्षिया कल्पना खत्री, धावा-४ की ३० वर्षिया मिनाक्षी सिम्खडा, पन्द्रुङ्ग-८ का ४५ बर्षे लाटो दमाई र उपचारका लागी काठमाण्डौं लादै गर्दा पन्द्रुङ्ग-९ का ५२ वर्षिय पुर्ण वहादुर गुरुङ्गको मृत्यु भएको छ ।
चालकले बस रोकी पिसाव फेर्न लाग्दा सह चालकले चलाएको कारण वस दुर्घटना भएको घाइते तिलक बहादुर गुरुङले बताउनुभयो । म पनि काठमाण्डौमा बस चलाउँछु बारी जोत्न घर आएको थिएँ, विहान काठमाण्डौमा चिया मात्र पियर आएकोछिटो घर पुगौला भनेर मत दुर्घटनामा पो परें पाँचखुवादेउराली घुमाने निवासी गुरुङले भन्नुभयो ।
उहाँ सबैजना उठिसकेपछि गाडिले चेपिएको अवस्थाबाट निस्कन सफल हुनुभएको थियो । अश्राङ झिंगटे निवासी एक युवा पनि उहाँ जसरी नै चेपिएको स्थानबाट निस्कनुभयो र गाउँमा पुजा छ भन्दै आफ्नो बाटो लाग्नुभयो ।
दुर्घटनाको खबर थाहा पाउने वित्तिकै उद्धारका लागि नेपाल रेडक्रस सोसाइटीको टोली, प्रहरी, वाइसीएल, गोरखाअस्पतालका स्वास्थ्यकर्मी र स्थानीयवासीहरु घटनास्थल पुगेर उद्धार गरेका थिए ।

Leave a Reply