पुस १८ काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष झलनाथ खनाललाई सरकार निर्माणमा बाधक भएर आफु मात्र सहमतिको प्रतिक हुन खोजेको आरोप लगाएका छन् ।आइतबार वीपी कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
नेता पोडैलले माओवादीले लोकतन्त्रलाई राजा फाल्नका लागि उपयोग गरि आफै निरकुश बन्न लागेको आरोप समेत लगाए । उनले ब्यावस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया लम्ब्याएर जनआन्दोलनका उपलब्धी उल्ट्याउन षड्यन्त्र भइरहेको आरोप लगाउदै नेपाली कांग्रेस त्यसप्रति सजग रहेको बताए ।
जनतालाई सचेत बनाएर मात्र लोकतन्त्र जोगाउन सकिने उनको भनाइ छ ।
