२०१० को डिसेम्बरमा नेपाल आउने पर्यटकहरुको संख्या उल्लेखनिय


पुस १८ काठमाडौँ । वर्ष २०१० को डिसेम्बर महिनामा नेपाल भ्रमणमा आउने पर्यटकहरुमा उल्लेखनिय ब्रृद्धि भएको छ। त्रिभुवन बिमानस्थलको अध्यागमन कार्यालयका अनुसार गत बर्षको डिसेम्बर महिनाको तुलनामा यस बर्ष १५.७ प्रतिशत (३६३२३ यात्रु)ले बढेको छ।
यस बर्षको डिसेम्बर महिनामा बिषेश रूपमा चीन, दक्षिण एसिया तथा अन्य एसियाली मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुमा उल्लेखनिय ब्रृद्धि भएको तथा यूरोपिएली राष्ट्रहरूबाट आउने पर्यटकहरुमा भने केही कमी भएको उक्त तथ्याकंले देखाएको छ। तर बर्ष भरिको तथ्याकंबाट भने सबै ठाँउहरूबाट नेपाल आउने पर्यटकहरुमा ब्रृद्धि भएको देखिन्छ।

Leave a Reply