माघ १० ।
वनमा रहेका वन्यजन्तुलाई बचाउनको लागि सिंगा थामडाँडाका सामुदायिक वनका सदस्यहरु लागि परेका छन् । वनमा रहेका जन्तुलाई बचाउन एक समिति पनि निर्माण गरिएको छ । समूहले निरन्तर रुपमा वनमा निगरानी गर्दै वन्यजन्तुको संरक्षण गरिरहेको छ । तर अन्नपूर्ण सामुदायिक वन भकिम्ली र लिसेपानी रानिदास सामुदायिक वन भकिम्लीले यसलाई चासो नदिँदा समस्या निम्तिएको संरक्षण समितिका अध्यक्ष लिला बहादुर गुरुङले बताउनु भएको छ । उहाँले वनमा रहेका वन्यजन्तुलाई संरक्षण गर्न सम्बन्धित निकायले वैध र अवैध रुपमा रहेका बन्दुकलाई नियन्त्रण गर्न सके यो समस्या हल हुने पनि बताउनु भएको छ ।
