असार २१ काठमाण्डौ
नेपालमा पहिलो पटक इन्टरनेटका प्रयोगकर्ताहरुका लागि आम्दानी गराउने उद्देश्यका साथ एक वेभ साइटको सुरुवात भएको छ । पेड टु क्लिक नेपालको नारासहित सुरु भएको वेभ साइड पीटीसी नेपाल डटकमको नामबाट सुरु गरिएको हो । संसारमा यस्तो वेभसाईडको सुरुवात पहिला नै भए पनि नेपालमा भने यो पहिलो प्रयास भएको संचालकहरुको दावी छ ।
हाल नेपालमा ३ लाख भन्दा बढि नेपालीहरु नियमित इन्टरनेटमा अभ्यस्त रहेको अवस्थामा पीटीसी नेपाल डट कम पनि विज्ञापनदाताले तिरेको सम्पूर्ण रकम सदस्यहरुलाई नै तिर्ने गरी अनलाईन पद्धतिको विकास गरेको हो । जसका लागि सदस्यहरुले आफ्नो व्यक्तिगत विवरण साथै खाता रहेको बैंकको नाम र ठेगाना साथै पहिचान गर्न सहज होस् भनि बैंक खाताको अन्तिम ३ वटा अंक भर्नु पर्नेछ ।
विज्ञापन प्रसारण गर्न चाहने संस्थाले तोकिएको बैंकको खातामा पैसा जम्मा गरेपछि बैंकले उपलब्ध गराउने छ । सदस्यले कमाएको रकम बैंकले सम्बन्धित खातामा जम्मा गरिदिने व्यवस्था गरिएको जनाइएको छ । सदस्य बनेका प्रयोगकर्ताहरुले विज्ञापनमा क्लिक गरेको आधारमा त्यसमा निश्चित गरिएको रकम पाउने छन् ।
