राजेन्द्र न्यौपाने असार १८ गोरखा।
जिल्लाको मसेल गाउँ विकास समितिमा आज दिउँसो कुकुरले टोक्दा ३३ जना घाइते भएका छन् । हिजो सम्म कुकुरले कसैलाई पनि नटोकेकोमा आज विहानै देखि माझथो कका ३३ जनालाई कुकुरले टोकेको स्थानीय तप नारायण श्रेष्ठले बताउनुभयो । कुकुरलाई रेविज लागेको हुन सक्ने कारणले गर्दा विरामीहरुलाई गोरखा अस्पताल ल्याइएको छ । घरमा पालेर राखेको दुई वटा कुकुरले टोकेको हो ।