सिन्धुलीमा एक सय छव्वीस अपराधिक घट्ना

एसवी गौतम,असार २०,सिन्धुली

जिल्ला प्रहरी कार्यलयले सिन्धुलीले आर्थिक वर्ष ०६७/०६८ मा १ सय २६ अपराधका घट्ना भएको जनाएको छ । प्रहरीले १ सय २५ अपराधका घट्ना मध्ये ६१ वटा घट्ना फर्छोट भैसके को छन भने ६५ वटा अपराधका घट्नाहरु फर्छौट हुन वाँकी रहेको जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा झुन्डीएर आत्मा हत्यासवारी ज्यानसवारी अंगभङ्गचोरीज्यान मार्ने उद्योगकर्तव्य जानसार्वजनिक अपराधजवरजस्ती करणीठगीवोक्सीडाकाआगु औैषध जस्ता अपराधका घट्नाहरु हुने गरेको छ । 

प्रहरीको सुचना वोर्ड हेर्दा जिल्लामा अपराधका घट्ना वृद्धि भएको देखीए पनि त्यसरी अपराधका घट्नाहरु नवढेको प्रहरी निरीक्षक भागेन्द्रपुरुष ढकालले वताए । केही वर्ष अघी सम्म झगडीयाहरु जिल्ला प्रहरी कार्यालयमा मुद्धा ल्याएर पनि मिलेर जान्थे । तर अहिले सिधै झगडीयाहरु मुद्धाको प्रकृयामा जाने क्रम वढेकोले  अपराधका घट्नामा वृद्धि भएको देखीने ढकालले वताए । आर्थिक वर्ष ०६७/०६८ सालमा जिल्लाको साउन महिनामा १२ अपराधका घट्ना भएका थिए भने भदौ महिना १३ वटा अपराधिक घट्ना घटेका जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाको तथ्याङ्ककले देखाउ छ ।

 त्यसै गरी अशोजमा १६कात्तिकमा ७मंसिरमा १०पुषमा ९माघमा ४फागुनमा ७चैतमा ७वैशाखमा १८ जेठमा १६असारमा ५ सहित १ सय २६ घट्नाहरु भएको छ । यस वर्ष झुण्डीएर २१भवितव्य जान १८सार्वजनिक अपराध २५लागु औषध १चोरी ३विष सेवन गरी आत्मा हत्या १४वोक्सीको आरोप १डाका १सवारी अंगभंङ्ग १ज्यानमार्ने उद्योग ३मादक पदार्थ ओसार पसार १जवरजस्ती करणी उद्योग १सवारी ज्यान १७कर्तव्य जान ८फुटकर ज्यान २जवरजस्ती करणी ७ तथा ठगी २ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply