राष्ट्रिय लोक संचारकर्मी नेपालको दोस्रो महाधिवेशन आज

 साउन २८ काठमाडौँ ।नेपाली लोकसंस्कृतिको संरक्षण, पर्यटन विकासको मुल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय लोक संचारकर्मी नेपालको दोस्रो महाधिवेशन राजधानीमा हुने भएको छ ।  काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा संयोजक गोविन्द गिरीले पत्रकारको हक हित र अधिकार सुनिश्चित गर्न महाधिवेशनले ठोस् कार्यक्रम ल्याउन जानकारी  पनि दिनुभयो । 

संचारकर्मी सन्देश कुमार खड्का, गोबिन्द शर्मा, चन्द्रमणी गौतम लगायतले महाधिवेशनले नेपाली लोक संस्कृतिको संरक्षण, सम्वद्र्धंन र प्रचार प्रसार गर्दै शान्ति, पे्रस स्वतन्त्रता, मानव अधिकार र पत्रकारको हक हितका लागि ऊर्जा दिने बताउनुभयो । २०६५ सालमा गठन गरिएको यो संस्था लोक संस्कृतिको क्षेत्रमा क्रियाशिल छ । 

महाधिवशेनको संस्कृतिमन्त्री खगेन्द्र प्रसाईँले उद्घाटन गर्नुहुने तय भएको संचारकर्मी हरिवल्लभ नेपालले जानकारी दिनुभयो ।


Leave a Reply