प्रथम साफ अन्डर १६ च्याम्पियनसिप फुटबलको उपाधि पाकिस्तानलाई

 साउन २६  काठमाडौं ।  चिरप्रतिद्धन्दी भारतलाई पराजित गर्दै पाकिस्तानले प्रथम साफ अन्डर १६ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । दशरथ रंगशालामा आज भएको फाइनल भिडन्तमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै पाकिस्तानले उपाधि उचालेको हो । 

पाकिस्तानका लागि मजदुर खानले २५ औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर पहिलो हाफको अन्त्य तिर भारतका ड्यानीयलले गोल गरे र खेल १–१ को बराबरीमा आइपुग्यो । दोस्रो हाफको सुरुबाटै आक्रमणमा उत्रिएको पाकिस्तानका लागि महोम्मद जिसानले निर्णायक गोल गरे । यसअघि समुह चरणको खेलमा पनि पाकिस्तानले भारतलाई १–० गोलले पराजित गरेको थियो ।यसअघि बंगलादेशलाई २–१ गेल अन्तरले पराजित गर्दै घरेलु टोली नेपालले तेस्रो स्थान हासिल गरेको छ । समुह एको खेलमा पनि पाकिस्तानले भारतलाई १–० गोलले पराजित गरेको थियो । 

सेमिफाइनलको नाटकीय खेलमा भारतले नेपाललाई टाइब्रेकरमा पराजित गरेको थियो भने पाकिस्तानले बंगलादेशलाई स्तब्ध बनाएको थियो । खेलको ७ औ मिनेटबाटै १० खेलाडीमा सिमित बंगलादेश पहिलो हाफमा केही दबाबमा देखिएपनि दोस्रो हाफमा भने लयमा फर्किएको थियो । 

रेफ्रिले हाबिस्हर रहमानलाई रेड कार्ड देखाएपछि ७ औ मिनेटबाटै बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । ९ औ मिनेटमा कप्तान हेमन गुरुङ्गले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । नेपालले पहिलो हाफमा गोलका केही राम्रा अवसर प्राप्त गरेको भएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता बढाउन असफल भयो । दोस्रो हाफमा बंगलादेश केही लयमा देखीयो ।

 ६६ औ मिनेटमा कौसार रब्बीले बराबरी गोल फर्काए । तर खेल सकिन १ मिनेट समय बाँकी रहेका बेला नेपाली डिफेन्डर आदित्य चौधरीले हेमन गुरुङ्गले हानेको फ्रि किकले जाली चुम्यो । त्यसपछि कुनै गोल हुन सकेन र खेल नेपालले २–१ ले जित्यो । 

समूह चरणमा भएको निकै प्रतिपर्धात्मक भिडन्तमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।

Leave a Reply