इलामका युवाहरु बाख्रा पालनमा

सोम सुनुवार 
 साउन २७ इलाम। बाख्रो छोइएमा राई समुदायका मानिसहरु तीतेपाती तथा पानीले नुहाएपछि मात्रै घरभित्र पस्ने चलन रहेकोमा उत्तरी इलामको पुवामझुवा ७ का युवा भने बाख्रा पालन गरेर आम्दानी गर्न थालेका छन् । 

जल्केनीका राई समुदायका स्थानीय तारामान राई, मीता राई, प्रेम राईलगायत युवाहरुले गतवर्षदेखि व्यबसायिक रुपमा बाख्रा पालन गरी उल्लेख्य आम्दानी लिन थालेका हुन् । दीपज्योति कृषि समूहमा आबद्ध किसानहरुले बाख्रा पालन सुरु गरेको १० महिनामा नै वीसैं हजार रुपैँया कमाउन सफल भएका हुन् । व्यससायबाट उत्साहित युवामध्येका जरमान राईले अब व्यबस्थित एबम् विस्तारित रुपमा बाख्रा पालन गर्ने योजना रहेको बताउनु्भयो । 

यसअघि गाविसकै वडानम्बर ६, बेतेनीका राई युवाहरुले पनि शिक्षा कार्यालयको सहयोगमा बाख्रा पालन गरेर राम्रो आम्दानी गरेका थिए । युवाहरुले चुल्होमा भने बाख्रा छोएर आफूहरु प्रबेश गर्ने नगरेको र बाउपूर्खाहरुले मानिआएको परम्पराको पनि जगेर्ना गर्दै बाख्रा पाल्न थालेको बताएका छन् ।

Leave a Reply