सिन्धुलीका चार कार्यालयको विद्युत काटियो

एसवी गौतम
 साउन २७ सिन्धुली ।  महसुल वुझाउन वाँकी सरकारी कार्यालयहरुको लाइन काट्न सुरु गरेको छ । कार्यालयले विहिवार हिजो जिल्लाका ४ वटा सरकारी कार्यालयको विद्युत लाइन काटेको छ । 

जिल्लाको जल उत्पन्न प्रकोप नियन्त्रण केन्द्र जिल्ला अस्पताल जिल्ला वन कार्यालय र कमला इलाका वन कार्यालय भिमानको विद्युत लाइन काटेको नेपाल विद्युत प्राधिकरण शाखा सिन्धुलीका प्रमुख सुरेश प्रसाद िसंहले वताउनुभयो । 

यस अघि नै विद्युत महसुल नवुझाउने कार्यालयहरुलाई पत्राचार गरि ६० दिनको म्याद दिएको तर उनिहरुले त्यसको वेवास्ता गरेकाले वाध्य भएर लाइन  काट्नु परेको वहाँले वताउनुभयो । अरु कार्यालयले पनि ३ ४ दिनको समय मागेकाले लाइन नकाटिएको तर म्यादसम्म पनि उनिहरुले महसुल नवुझाए लाइन काटिने वताइएको छ । 

Leave a Reply