२७ साउन,काठमाण्डौ
काठमाडौं २७ साउन । राज्य पुनः संरचना र राज्य पुनः संरचना आयोग गठन लगायतका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा संघीयतामा जाने क्रममा राज्य पुनः संरचनाको बिषय सहमतिमा टुङगो लगाउनुपर्ने भन्दै कांग्रेसले छलफल चलाएको हो ।
कांग्रेसले राजनीतिक भन्दा प्राविधिक रुपमा गृहकार्य गरेर जानुपर्ने जनाउदै आएको छ । त्यसै गरेर बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था पार्टीको भूमिका शान्ति र संविधान लगायतका बारेमा पनि छलफल हुन सक्ने बुझिएको छ ।