प्रोफेसरले मानेनन सरकारी नियम

रविन राचलिका 
 साउन २८ भक्तपुर ।भक्तपुर कलेज दुधपाटीमा प्रोफेसरहरुले सरकारी नियम मानेनेन् । सरकारले गत हप्ताबाट सार्बजनिक स्थानमा सुर्तीजन्यबस्तु सेवन गर्न निषेध गरेको भए पनि भक्तपुर कलेजका प्रोफेसरहरु कसैले पनि यो नियमको पालना गरेका छैनन् । यसरी नियम नमान्नहरुमा कलेज अगाडि औषधिको ब्यापार समेत गर्दै आएका प्रोफेसर पुरुषोत्तम लोचन श्रेष्ठ पनि रहेका छन् ।

सो कलेजका अधिकांस प्रोफेसरले कलेज परिसर मै बर्षौदेखि धुम्रपान गर्दै आएका थिए । सरकारी नियम आइसकेको ख्याल समेत उनीहरुले गरेका छैनन् । राजपरिवार सम्बन्धि ज्ञाता मानिएका र यस क्षेत्रमा बिद्याबारिधी गरेका प्रोफेसरले सरकारी नियम नमानेको कुरालाई कलेज कर्मचारीले राजतन्त्रको अबषेशको रुपमा लिएका छन् । 

गत चैत महिनामा आफ्नो म्याद सकिएको भन्दै कलेज स्वबियूका नेता बिद्यार्थीहरुले यस बिषयमा केही गर्न नसकिने बताएका छन् ।

Leave a Reply