साउन २८ धनगढी। सुदरपश्चिमको धनगढीमा आउदो फागुनमा हुने भएको छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी खेल स्थलको अन्तिम निरिक्षण गर्न गएको २१ सदसिय टोली आज धनगढी पुगेको छ । टोलीले धनगढी, कन्चनपुर र टिकापुरको खेल स्थलहरुको अध्ययन गर्नेछ ।
दुई दिन अधि मात्र परिषदको ८२ औ बोर्ड बैठकले आउदो फागुनमा छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेपछि अध्ययन टोली धनगढी पुगेको हो । धनगढी पुगेलगत्तै खेलकद सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै परिषदका सदस्य सचिब युवराज लामाले यसै वर्ष भौतिक पुर्वाधारहरु पुर्ण रुपमा बनाउन नसकेपनि प्रतियोगिता जुनसुकै हालतमा आयोजना गर्ने बताउनुभयो । सरकारले सुदुरपश्चिममा प्रतियोगिता आयोजना गर्नका लागि १० करोड नगद रुपैया र भौतिक पुर्वाधार निमार्णका लागि तिन करोड रुपैयाको बजेट यस अधि नै छुट्याइसकेको छ ।
कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री लेखराज भट्ट र युवा तथा खेलकुद मन्त्री ओनसरी घर्ती मगर लगायत अन्य खेल संघ सम्बन्धित ब्यक्तिहरु उपस्थित थिए ।