अफगानिस्तानमा पाच नेटो सेनाको मृत्यु

साउन २६ इजेन्सी । अफगानिस्तानको दक्षिण क्षेत्रको सडकमा राखिएको बम बिस्फोट हुदा पाच नेटो सेनाको मृत्यु भएको छ ।घटनाबारे बिस्तृत जानकारी नआइ पनि अधिकारीहरुले घटनाको पुष्टि गरिसकेको अलजजिराले लेखेको छ ।

अफगानिस्तानमा यो महिनामा मात्र तालीवानी लडाकुको आक्रमणमा परि ५१ जना नेटो फौजको मृत्यु भइसकेको छ ।गत शनिबार मात्र तालीवानी लडाकुले नेटो सुरक्षाफौज चढेको हेलिकप्टरमा आक्रमण गर्दा ३१  नेटो फौजको मृत्यु भएको थियो ।

मर्नेहरु कुन देशका नागरिक हुन भन्ने बारेमा भने केहि खुलाइएको छैन ।


Leave a Reply