बेलायत घटना दुखत :प्रधानमन्त्री क्यामरुन

साउन २७  एजेन्सी । ब्रिटिस प्रधानमन्त्री डेविड क्यामरुनले देशका विभिन्न क्षेत्रमा फैलिएको दंगा नियन्त्रण गर्ने काममा प्रहरी सफल हुदै आएको बताएका छन् ।

म्यान्चेष्टर, सालफोर्ड, लिभरपुल, नटिङघम र बर्मिङघमलगायतका क्षेत्रमा दंगा भड्किएपछि प्रधानमन्त्री क्यामरुनले स्थिती नियन्त्रणमा लिन सबै प्रयास प्रयोग गरिएको बताएका छन ।

यता बर्मिङघममा भने सम्पत्ति जोगाउन खोज्ने तीन जनाको कारको ठक्करबाट मृत्यु भएको छ । मृतक तीनै जना एशियाली मूलका मुस्लिम रहेका छन ।

व्रिटिस प्रधानमन्त्री क्यामरुनले यस घटनालाई दुखद परिस्थिती भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

यसैबीच इङल्याण्डमा भड्किएको दंगाको विषयमा छलफल गर्न आज संसदको विशेष बैठक बसेको थियो जसमा प्रधानमन्त्रीले घटनाबारे सरकारले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

Leave a Reply